धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहनस्थित लामो समयदेखि विवादित रहेको यादव चौक नाम लाई हटाएर श्रीरामचौक राख्ने निर्णय भएको छ ।>
गत चैत्तमा धनुषाको सबैला नगरपालिकास्थित भठिहनभन्दा करिब १०० मिटर दक्षिण रहको चौबाटोलाई केही उदन्ड प्रवृतिका व्यक्तिहरुले यादवचोक लेखिएको बोर्ड राखेपछि विवाद सृजना भएको थियो । यस क्रममा झडप हुँदा कयौं व्यक्ति घाइते भएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीलागेर एक युवक गम्भिर घाइते हुन पुगेका थिए । ती युवकको अहिले पनि उपचारर भइरहेको छ ।>
विवाद अन्त्य गर्न सबैला नगरपालिकाका मेयर कारिराम यादवले दुई महिनाभित्रै सो चोकको नामाकरण गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।>
वडा नं. ९ का वडाध्यक्ष मनिष राय अमातको नेतृत्वमा बसेको सर्वपक्षीय बैठकबाट चोकको नाम श्रीराम चौक राख्ने निर्णय भएको छ । बैठकले चौकमा ‘श्रीराम चौक’ लेखिएको संकेत बोर्ड सार्वजनिक रूपमा राख्ने र बोर्डमा रामघाटतर्फ, कोल्लुवा मोड, र सतोश्वरधाम जाने दिशाहरू स्पष्ट रूपमा उल्लेख गरिने निर्णय गरेको छ ।>
बोर्ड स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीहरूको उपस्थितिमा अनावरण गरिने जनाइएको छ ।>>