सुनको मूल्य एकै दिनमा ५ हजार बढ्यो

Jasus Khabar 3945+ समाचार ( )
८ जेठ २०८२

सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ पुगेको छ।

मंगलबार सुन तोलाको १ लाख ८४ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो। सुन एक दिनमै ५ हजार महँगो भएको हो। यसैबीच आज चाँदीको मूल्य पनि केही बढेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी तोलाको १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया