रातो मछिन्द्रनाथ रथ यात्रा सुरू

Jasus Khabar 3959+ समाचार ( )
१९ वैशाख २०८२

वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरु भएको छ। रातो मछिन्द्रनाथको रथ यात्राको पहिलो दिन ललितपुरको पुल्चोकबाट गाःबहालमा पुर्‍याइएको हो। हरेक वर्ष रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु हुन्छ। रथयात्रा असार शुक्ल चतुर्थीसम्म चल्छ। 

रातो मच्छिन्द्रनाथको रथ यात्रा ललितपुर उपत्यकाको सबैभन्दा भव्यरूपमा मनाइने महत्त्वपूर्ण तथ लामो जात्राका रूपमा लिइन्छ। पौराणिक किंवदन्तीअनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्रा सुरु गराएका थिए। रथयात्रा गाःबहाल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर अन्तिम दिन भोटो देखाएर जात्रा समापन हुन्छ। 

प्रतिक्रिया