वायु प्रदूषण अहिले गम्भीर वातावरणीय र जनस्वास्थ्यसम्बन्धी चुनौती बनेको छ । विकसित देशहरूले प्रदूषण न्यूनीकरणको प्रयास गरिरहेका छन्, तर परिणाम अझै सन्तोषजनक छैन । विशेषगरी सहरी क्षेत्रमा, वायु प्रदूषणको मुख्य स्रोत सवारीसाधनबाट निस्कने धुवाँ, उद्योगहरूबाट उत्सर्जित ग्यासहरू र घरेलु इन्धनको प्रयोग हो ।>
वायु प्रदूषणका मुख्य कारणहरू>
– सवारीसाधनबाट निस्कने प्रदूषण
>
इन्धन प्रयोग गर्ने सवारीसाधनहरूको तीव्र वृद्धिले हानिकारक ग्यासहरूको उत्सर्जनलाई अत्यधिक बढाएको छ । कार्बन मोनोअक्साइड, नाइट्रोजन डाइअक्साइड, हाइड्रोकार्बनहरू, पार्टिकुलेट म्याटर र हरितगृह ग्यासहरूजस्ता हानिकारक ग्यासले वातावरणलाई गम्भीर रूपमा असर पारिरहेका छन् । काठमाडौं उपत्यकामा वायु प्रदूषणको प्रमुख कारण यही सवारीसाधनबाट निस्कने धुवाँयुक्त विषाक्त ग्यास हो । पुराना, म्याद सकिएका र राम्रोसँग मर्मत नगरिएका गाडीहरूको निरन्तर प्रयोगले समस्या झन् बढाइरहेको छ ।
>
– औद्योगिक प्रदूषण
कारखानाहरू र इँटा उद्योगहरूले वायुमण्डलमा ठूलो मात्रामा हानिकारक तत्त्वहरू उत्सर्जन गर्छन् । काठमाडौं उपत्यकामा विशेषगरी इँटा उद्योगहरूले धुलो, धुवाँ र सूक्ष्म कणहरू उत्सर्जन गरी श्वासप्रश्वाससम्बन्धी रोगहरू निम्त्याइरहेका छन् ।>
– प्राकृतिक र घरेलु स्रोतहरू
उद्योग र सवारीसाधनहरू प्रमुख कारक भए पनि, अन्य कारणहरू जस्तै फोहोर जलाउने, डढेलो र दाउराको इन्धनको प्रयोगले पनि वायु प्रदूषण बढाइरहेका छन् ।>
स्वास्थ्यमा पार्ने प्रभाव
दूषित हावा सास फेर्दा शरीरमा गम्भीर प्रभाव पार्छ । यसका कारण विभिन्न रोगहरू निम्तिन सक्छन्, जस्तैः
श्वासप्रश्वाससम्बन्धी रोगहरू– दम, फोक्सो संक्रमण, दीर्घ श्वासप्रश्वास समस्या (सीओपीडी) आदि ।
मुटु तथा रक्तसञ्चार प्रणालीसम्बन्धी रोगहरू– उच्च रक्तचाप, मुटु रोग, हृदयघात ।
एलर्जी र छालासम्बन्धी रोगहरू– नाक एलर्जी, आँखा चिलाउने समस्या, छालासम्बन्धी विभिन्न एलर्जीहरू ।
मुख तथा पाचन प्रणालीसम्बन्धी समस्या– मुखको घाउ, घाँटी संक्रमण, पाचन प्रणालीसम्बन्धी समस्या ।
मिर्गौलामा असर– लामो समयसम्म प्रदूषित वायुमण्डलमा बस्दा मिर्गौलाको कार्यक्षमतामा असर पर्न सक्छ ।
प्रत्यक्ष असर आँखा र छालामा– प्रदूषित हावाले आँखामा एलर्जी, संक्रमण र छालाको समस्या निम्त्याउन सक्छ ।>
के गर्ने ?
कडाइका साथ उत्सर्जन मापदण्ड लागू गर्ने– सरकारहरूले प्रदूषक गाडीहरूलाई प्रतिबन्ध लगाउनु आवश्यक छ ।>
सार्वजनिक यातायातलाई प्रवद्र्धन गर्ने– निजी गाडीहरूको प्रयोग घटाउनस्तरीय सार्वजनिक यातायात विकास गर्नुपर्छ ।>
विद्युतीय सवारीसाधनलाई प्रवद्र्धन गर्ने– सरकारले विद्युतीय गाडी किन्नेलाई कर छुटजस्ता प्रोत्साहन दिनुपर्छ ।>
सहरी हरियाली विकास गर्ने– सहरमा रूखहरू रोप्दा वायु प्रदूषण घटाउन मद्दत पुग्छ ।>
जनचेतना अभिवृद्धि र सरकारी नीति सुधार गर्ने– प्रदूषित हावाको असरबारे जनतालाई बुझाउन र नीति निर्माणकर्ताहरूलाई जिम्मेवार बनाउन आवश्यक छ । साधारण मास्क लगाएर वायु प्रदूषणबाट बच्न सकिन्न, यो आफैंलाई ढाट्नुझैं हो । उच्चस्तरको रेसपिरेटर मास्क लगाउदा भने बच्न सकिन्छ तर महँगो छ ।>
वायु प्रदूषण अहिलेको जटिल र बढ्दो समस्या हो, विशेषगरी काठमाडौं उपत्यकामा । यसलाई रोक्न केही प्रयास भए पनि, समस्या झन् भयावह बन्दै गएको छ । विद्युतीकरण दीर्घकालीन समाधान हुन सक्छ, तर तत्कालका लागि कडा नीति, सार्वजनिक यातायात सुधार, र जनचेतनाको आवश्यकता छ । सहरी क्षेत्र दूषित बन्दै गएकोले गाउँतर्फ बसाइँसराइ सरेर पनि प्रदूषणमुक्त वातावरणमा बस्न सकिन्छ ।>
>>>>>