रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध मृ‌तककी श्रीमतीको रिट सर्वोच्च अदालतमा

Jasus Khabar 1+ समाचार ( )
१६ जेठ २०८०

टीकापुर हत्याकान्डमा तीनवटै तहका अदातलबाट दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध मृ‌तककी श्रीमतीले दिएको रिट सर्वोच्च अदालतले मंगलबार दर्ता गरेको छ ।

उक्त घटनामा मारिएका इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले आइतबार सर्वोच्चमा रिट दिएकी थिइन् । सरकारले चौधरीलाई आम माफी दिने तयारी गरेपछि शारदा रिट लिएर सर्वोच्च पुगेपनि त्यस दिन दर्ता भएको थिएन ।

चौधरी सोमबार माफी पाएर जेलमुक्त भइसकेका छन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले उक्त रिटको पेशी बुधबारका लागि तोकिएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार