सप्तकोशी नगरपालिका-४ तुलसी चोकबाट स्रोत नखुलेको नगद २० लाख ७८ हजार रुपैयाँसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। >
पक्राउ पर्नेहरूमा धनकुटाको सहिदभूमी गाउँपालिका-३ बस्ने २१ वर्षीय जीवन लम्जेल र सोही गाउँपालिका-१ बस्ने २८ वर्षीय आएन राई रहेका छन्। >
प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को. ३३ प १८९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो। >
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
>>>>>