रौतहट । राष्ट्र निर्माण दल नेपालले रौतहट जिल्लाको चन्द्रनिगाहपुर नगरपालिकाको नगर संयोजकमा तपेन्द्र रायलाई मनोनयन गरेको छ।>
>
दलका केन्द्रीय सदस्य इसत्याक अहमदका अनुसार राय लामो समयदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय स्थानीय नेता र समाजसेवी हुनुहुन्छ।>
>
नगर संयोजकको जिम्मेवारी सम्हालेसँगै रायले एक महिनाभित्र चन्द्रनिगाहपुरका सबै वडामा संगठन विस्तार तथा वडा समिति गठन गर्ने लक्ष्यसहित काम सुरु गरिसक्नुभएको छ।>
>
रायले देशमा पुराना दल र नेताहरूप्रति जनविश्वास कमजोर बन्दै गएको अवस्थामा राष्ट्र निर्माण दलले नयाँ सोच, राष्ट्र निर्माण र राष्ट्रिय मेलमिलापको नीतिलाई अघि सारेर अघि बढेको बताउनुभयो।>
उहाँका अनुसार राष्ट्र निर्माण दल मधेशमा नयाँ ऊर्जाका साथ उदाएको छ र छोटो समयमै संगठनात्मक विस्तारमा उल्लेखनीय प्रगति गरिरहेको छ।>
>
रायले एक साताभित्र ३१ सदस्यीय नगर समिति गठन गर्ने जानकारी दिनुभयो।>>