जासुस संवाददाता । काठमाडाैँ ।>
सुनसरी सदरमुकाम इनरुवादेखि एक किमी पश्चिमम भाेक्राहा-नरसिंह गाउँपालिका वडा नं. ४ मा एसियन हाईवेसँगैकाे जग्गामा "काेशी साँस्कृतिक केन्द्र" निर्माणकाे लागि नेकपा एमाले सुनसरी ईञ्चार्ज तथा पूर्वमन्त्री जगदिसप्रसाद कुसियतकाे नेतृत्वमा गएकाे टाेलीले अर्थ तथा उपप्रधानमन्त्री विष्णु पाैडेललाई याेजनाबारे ब्रिफिङ्ग गर्दै बजेट माग गरेकाे छ ।>
>
दावा एण्ड इस्लाह सेण्टरकाे ६ कठ्ठा जग्गामा उक्त साँस्कृतिक केन्द्र निर्माणका लागि टाेलीले विस्तृत परियाेजना प्रतिवेदन (DPR) र प्राेपाेजल अर्थ मन्त्रीलाई बुझाएकाे छ ।>
>
काेशी प्रदेश स्तरमा निर्माणकाे अवधारणा तयार गरिएकाे यस काेशी साँस्कृतिक केन्द्रमा मुस्लिम समुदायकाे साँस्कृतिक झाँकी दिने कार्यालय, सङ्ग्रहालय, अतिथि गृह, फरक फरक आकारका सभा हल, मस्जिद, पुस्तकालय, सीपमुलक तालीम केन्द्र, हलालमैत्री भाेजनालय, पार्किङ्ग आदिकाे सुविधा हुने कुरा प्रतिवेदनमा जनाइएकाे छ ।>
>
प्रतिनिधि मण्डलले प्रधानमन्त्री, अर्थमन्त्री र अर्थ सचिवलाई भेटेर परियाेजनाबारे छलफल गरेकाे छ ।>
>
ब्रिफिङ्ग सुनेपछि अर्थमन्त्री पाैडेलले याेजनाबारे सकारात्मक रहेकाे बताउनुभयाे ।>
>
प्रतिनिधि मण्डलमा पूर्वमन्त्री जगदिसप्रसाद कुसियत, पूर्वमन्त्री तथा संविधान सभा सदस्य माेहम्मद जाकिर हुसैन, धरान उमनपाका पूर्व उपप्रमुख मञ्जु सुवेदी, एमाले नेता लश्करी अन्सारी, अब्बास अन्सारी, जमील अन्सारी, दिनेश निराैला र दावा इस्लाह सेण्टरका अध्यक्ष सहाबुद्दीन अन्सारी रहेका थिए ।>>