गायक भक्तराज आचार्यको ८१ वर्षको उमेरमा निधन

Jasus Khabar 1+ समाचार ( )
१५ फाल्गुन २०८०

गायक भक्तराज आचार्यको ८१ वर्षको उमेरमा निधन भएको छ । बिरामी आचार्यलाई उपचारका लागि सोमबार अपराह्न अस्पताल लैजाँदै गर्दा  बाटोमा निधन भएको हो ।

उपचारका लागि सोमबार मेडिसिटी लैजाँदै गर्दा बाटोमा निधन भएको हो । लामो समयदेखि उनको उपचार भइरहे पनि डेढ महिना अघिदेखि भने उनलाई रोगले च्यापेको थियो । “अस्पतालमा मात्रै होइन घरमा पनि  नर्स राखेर उहाँको उपचार भइरहेको थियो ।  “स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई  अस्पतालै लैजानेक्रममा बाटैमा निधन भएको हो  ।  गायक आचार्यको मंगलबार अन्त्येष्टि गर्न लागिएको हो । अत्येष्टिअघि आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान १० बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । विक्रम संवत् १९९९ सालमा धनकुटामा जन्मिनु भएका ८१ वर्षीय आचार्यको नेपाली सुगम संगीतमा विशिष्ट स्थान रहेको छ ।

आचार्यको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत राजनीतिकर्मी, संगीतकर्मी र सर्वसाधारणले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिक्रिया