शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग राखी प्रदर्शनमा उत्रिएका शिक्षकहरूले बुधबार २२औँ दिन पनि आन्दोलन जारी राखेका छन् । देशभरका शिक्षकहरू काठमाडौं आएर प्रदर्शन गरिरहेका छन् ।>
प्रदर्शनकारीहरूले बुधबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको पाँचवटा लेन सडक कब्जामा लिएर प्रदर्शन गरिरहेका छन् । चर्को घाममा शिक्षकहरू छाता ओढेर प्रदर्शनमा छन् ।>
यसअघि छवटै लेन कब्जामा लिने गरेका प्रदर्शनकारीहरूले बुधबार भने एक लेन खुला राखेका छन् । छवटै लेन कब्जा हुँदा सर्वसाधारण मर्कामा परेपछि एक लेन खुला गरिएको हो । >>