बिल तिर्ने विषयमा विवाद हुँदा ललितपुरमा विद्यार्थीको हत्या

Jasus Khabar 1+ समाचार ( )
९ पौष २०८१

क्याफेको बिल तिर्ने कुरामा विवाद हुँदा ललितपुरमा एक जनाको हत्या भएको छ । सोमबार साँझ च्यासलस्थित दी टाउन हब रेष्टुरेस्टमा खानपिन गर्न पुगेका हिमालयन इञ्जिनियरिङ कलेजका विद्यार्थीलाई रेष्टुरेण्टका कर्मचारीले छुरा प्रहार गरी हत्या गरेका हुन् ।

खानपिनपछि बिल भुक्तानी गर्ने विषयमा विवाद हुँदा घटना भएको हो । डडेल्धुरा घर भई उक्त रेष्टठुरेण्टमा कार्यरत हेमराज भट्टले छुरा प्रहार गर्दा सुनसरी घर भई कलेजको बीई चौथो सेमिस्टरमा अध्ययनरत विद्यार्थी २३ वर्षीय नयन गुरुङको ज्यान गएको छ । घटना सोमबार राति ९ बजेर २० मिनेट जाँदा भएको जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी नवरत्न पौडेलले बताए । उनीहरू सोमबार कलेज समय सकिएदेखि नै उक्त रेस्टुरेन्ट छिरेका थिए । खानपिनपछि रकम भुक्तानी गर्ने विषयमा विवाद हुँदा भट्टले आफ्नै साथीलाई छुरा हान्दा अत्यधिक रक्तस्रावका कारण घटनास्थलमै उनको ज्यान गएको एसपी पौडेलले बताए ।

घटनापछि प्रहरीले भट्टसहित काभ्रेका २२ वर्षीय जनकबहादुर तामाङ र दार्चुलाका ४१ वर्षीय पदमलाल भट्टलाई पक्राउ गरेको छ ।  बिल तिर्ने विषयलाई लिएर विवाद हुँदा घटना भएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया