कञ्चनपुरमा दलित परिवारका लागि सुरक्षित आवास

Jasus Khabar 3925+ समाचार ( )
८ जेठ २०८२

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका जनजाली सार्कीको सुरक्षित आवासमा बस्ने सपना पूरा हुने भएको छ ।

'पुरानो घरको छाना बर्खामा चुहिँदा अन्नपात, लुगाफाटामान जोगाउन समस्या हुन्थ्यो भने सर्प, बिच्छीलगायत विषालु कीराको उत्तिकै डर हुन्थ्यो । हुरीले छाना उडाउँदाको पीडा शब्दमा व्यक्त हुँदैन', उनले भने ।

आर्थिक अभावमा पक्की घरमा बस्ने सपना नदेखेका उनलाई अब भने नगरपालिकाले आफूहरूका निम्ति सुरक्षित आवास निर्माण थालेपछि भने घरमा बस्न पाउने आस पलाएको छ ।

सिमलखेतमा बसोबास गर्ने दलित परिवारका लागि नगरपालिकाले निड्स नामक गैरसरकारी संस्थासँगको साझेदारीमा ११ वटा सुरक्षित आवास निर्माण गरिरहेको छ ।

६ लाख ५० हजारको लागतमा दुई कोठे घर निर्माण भइरहेका वडाध्यक्ष लालबहादुर ऐरले बताए । यसै महिना निर्माण सम्पन्न गरेर दलित परिवारलाई हस्तान्तरण गर्ने उनको लक्ष्य छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार