छोरी भेट्न गएका प्रजा मृत भेटिए

Jasus Khabar 3925+ समाचार ( )
७ श्रावण २०८२

चितवनमा एक पुरुष मृत भेटिएका छन् ।

कालिका नगरपालिका– ९ शक्तिखोर जङ्गलमा राप्ती नगरपालिका– ११ का ५७ वर्षीय कृष्णबहादुर प्रजा मंगलबार साँझ मृत भेटिएका हुन् ।

गत २८ असारमा घरबाट कालिका निस्किएका प्रजा बेपत्ता भएका थिए । कालिका नगरपालिका– ९ शक्तिखोर बस्ने छोरीलाई भेट्न गएका उनी सम्पर्कमा नआएपछि परिवार र आफन्तले खोजी गर्न थालेका थिए ।

प्रजाको शव सडेगलेको अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।

प्रतिक्रिया