कैलालीमा एक युवक मृत अवस्थामा भेटिएका छन् । >
मोहन्याल गाउँपालिका-३ सांघुरे खोलामा सुर्खेतको चौकुने गाउँपालिका-३ का ४२ वर्षीय भक्तबहादुर राना मगर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको बताए ।>
उनकाअनुसार अहिले इलाका प्रहरी कार्यालय सुगरखालका प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।
>>