पूर्वराजा ज्ञानेन्द्र शाह इनरुवामा हुने नागरिक अभिनन्दनमा सहभागी हुने

Jasus Khabar 1+ समाचार ( )
१७ चैत्र २०७९

पूर्वराजा ज्ञानेन्द्र शाह सुनसरीको इनरुवामा चैत्र २० हुने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने भएका छन्।

नेपाल विद्धत् परिषद् पूर्वाञ्चल समितिका संयोजक बल्लभप्रसाद दाहालका अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीसंगको छलफलबाट अभिनन्दन कार्यक्रमका लागि तयारी अन्तिम चरणमा पुगेको बताए।

बढ्दो राजनीतिक वितृष्णासँगै इनरुवावासिले पहिलोपटक पूर्वराजा शाहलाई अभिनन्दन गर्ने अभिलाषा गरेसँगै कार्यक्रम हुन लागेको उनको भनाइ छ।

पछिल्लो केहीमहिनादेखि पूर्वराजा शाह झापामा रहँदै आएको बताएका दाहालले इनरुवामा हुने अभिनन्दन कार्यक्रममा प्रदेश र आसपासबाट कम्तीमा ३० देखि ४० हजारको संख्यामा जनताको सहभागिता रहने जानकारी दिए।

इनरुवाको खेल मैदानमा हुने सो कार्यक्रमका लागि शाह सोहीदिन झापाबाट दिउँसो सडकमार्ग हुदै पुग्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया