प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

Jasus Khabar 3925+ समाचार ( )
२३ श्रावण २०८२

प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कने क्रममा दुबई प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८ः३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्रीले बिदाई गरे ।

प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११ः५ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया