सुनसरी । इटहरी उपमहानगरपालिकाको नगर बाल सञ्जालमा नयाँ कार्यसमिति चयन गरिएको छ । नगर बाल सञ्जालको छैटौं कार्यसमितिकाे अध्यक्षमा प्रयास घिमिरे चयन भएका छन् ।>
यसैगरी उपाध्यक्षमा श्रमिका खड्का, सचिवमा प्रतीक्षा घिमिरे, सह–सचिवमा रिसन कठायत र कोषाध्यक्षमा संयोग कोइराला चयन भएका छन् ।>
>
सदस्यहरूमा सविन तिम्सिना, दिक्षा गुरागाईं, आकृति निरौला, मेघना भट्टराई, उत्तम फुयाल, गणेश कोइराला, सुलभ आचार्य, सन्देश चौधरी, ट्रिनकल घले, आश्रय मगर, दिक्षा भण्डारी र बिपना विष्ट रहेका छन् ।>
>
नवनिर्वाचित कार्यसमितिले बाल अधिकार संरक्षण, बालमैत्री नगर निर्माण र बाल नेतृत्व विकासका क्षेत्रमा थप सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।>
>
समितिले अबको कार्यकालमा बालबालिकाको सशक्तीकरण, नेतृत्व विकास, हिंसा विरुद्धको चेतना अभिवृद्धि, बालमैत्री वातावरण सिर्जनासहित विभिन्न सिर्जनशील र सामाजिक गतिविधि सञ्चालन गर्ने योजना अघि सारेको छ ।>
>
कार्यक्रममा बाल क्लबका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।>
>