हातमा बोरा बोकेर आइपुगे अमेरिकाले निष्कासन गरेका नेपाली

Jasus Khabar 3925+ समाचार ( )
२० भाद्र २०८२

 अमेरिकाले निष्कासन गरेका १९ जना नेपाली काठमाडौं आइपुगेका छन् । ओम्नी एयरलायन्सको चार्टर्ड विमानबाट उनीहरू बिहीबार काठमाडौं आइपुगेका हुन् ।

गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका उनीहरूलाई त्यहाँको आइस प्रहरीले नियन्त्रणमा लिएको थियो । आवश्यक अनुसन्धानपछि उनीहरूलाई नेपाली दूतावाससँग समन्वय गरेर ट्राभल डकुमेन्ट बनाई नेपालतर्फ निष्कासन गरेको हो ।

निष्कासनमा पर्नेमा १७ जना पुरुष र दुई जना महिला छन् । अमेरिकी अध्यागमनले यसअघि ३७ जना नेपालीलाई निष्कासन गरेको सूचना दिएको थियो । निष्कासनमा परेका बाँकी १८ जनालाई पनि क्रमशः नेपाल ल्याइएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया