भारतको लखनऊको मोहनलालगञ्ज क्षेत्रमा रहेको किसान पथमा बिहारबाट दिल्ली जाँदै गरेको स्लीपर बसमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ।>
लखनऊ (दक्षिण) का डीसीपी निपुण अग्रवालका अनुसार बसमा ७० जना सवार रहेका थिए। उनले भने, 'बसमा यात्रा गरिरहेका दुई बालबालिका र दुई महिलासहित पाँच जनाको आगलागीमा परेर मृत्यु भएको छ। अन्य यात्रुहरूलाई उनीहरूको गन्तव्यमा पठाइँदै छ।'>
यद्यपि, आगलागी कसरी सुरु भयो भन्ने बारेमा आधिकारिक जानकारी उपलब्ध नभएको बीबीसीले समाचारमा उल्लेख गरेको छ।।>
प्रहरीका अनुसार बसको आपतकालीन गेट नखुल्दा पछाडि बसेका यात्रुहरू समयमै बाहिर निस्कन सकेनन्।>
समाचार एजेन्सी पीटीआईले जारी गरेको भिडियोमा बस पूर्ण रूपमा जलेको र यसको संरचना मात्र बाँकी रहेको देखिन्छ।>
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस विषयमा कारबाही गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्। एजेन्सी>>