सरकार चुल्हो बाँड्दै : चुल्हो बुझ्नेमा पुर्व मन्त्रीहरु

Jasus Khabar 1+ समाचार ( )
चुलो बुझ्नेमा पुर्व मन्त्रीहरु समेत रहेका छन । शुक्रवार सम्ममा १८ जना प्रदेश सभा सदस्यले चुलो लगिसकेको संसद सचिवालयले जनाएको छ ।
२७ श्रावण २०८०

कोशी प्रदेश सभाका सदस्यहरुले खाना पकाउने चुल्हो पाएका छन् । केहि दिन अघि मात्र कोशी प्रदेशसभा सदस्यका लागी ल्यापटप वितरण गर्ने भनिए पछि विवादित बनेको थियो ।

कोशी प्रदेश सरकारले विद्युतको खपत बढाउन भन्दै प्रदेशसभा सदस्यलाई चुलो वितरण गरिएको हो । यस अघि मात्रै खाना पकाउने ग्यास प्रतिस्थापन र विद्युत खपत बढाउन सहयोग पुग्ने भन्दै गत आर्थिक वर्षमा प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले एक करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

चुलो बुझ्नेमा पुर्व मन्त्रीहरु समेत रहेका छन ।  शुक्रवार सम्ममा १८ जना प्रदेश सभा सदस्यले चुलो लगिसकेको संसद सचिवालयले जनाएको छ । प्रदेशसभा सदस्य इन्दिरा थापाले भने चुलो प्रदेशसभा सचिवालयमा नै फिर्ता गरेकी छिन् । चुलो वितरण गर्न थालेपछि सत्तारुढ दलकै सांसदहरूले यसको विरोध गरेका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले भ्रष्ट्राचार र कमिसन मिलाई–मिलाई खानका लागि चुलो खरिद गरिएको आरोप लगाएका छन् ।

राजेन्द्र राई नेतृत्वको सरकारले ग्यास चुलो विस्थापित गर्न भन्दै १ करोड रुपैयाँ विनियोजन गरेको थियो । ग्यास प्रतिस्थापन र विद्युत खपत बढाउन सहयोग पुग्ने भन्दै आर्थिक वर्ष २०७९ र८० मा प्रदेश सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

त्यति बेला रामकुमार राई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री थिए । कार्यान्वयन भने हिकमतकुमार कार्की नेतृत्वको सरकारले गरेको थियो ।


प्रतिक्रिया