बेलायतमा पछिल्ला वर्षहरूमा शरण खोज्नेको सङ्ख्या निकै बढेको सरकारी तथ्याङ्कले देखाएको छ। २०२४ मा शरण माग्नेको सङ्ख्या तीन गुणा बढ्यो। यो वर्ष ८४ हजार २०० जनाले शरणका लागि आवेदन दिए। २०११ देखि २०२० सम्म औसतमा २७ हजार ५०० जनाले आवेदन दिएका थिए।>
२०२२ मा बेलायतमा प्रति १० हजार मा १३ जनाले शरणका लागि आवेदन दिए। युरोपेली सङ्घमा यो सङ्ख्या प्रति १० हजारमा २५ थियो। २०२३ मा बेलायतमा रहेका ११ प्रतिशत आप्रवासी शरणार्थी थिए, जुन २०१९ को ६ प्रतिशतको तुलनामा झन्डै दोब्बर हो।>
लाखौँ आवेदनहरू अझै निर्णयको पर्खाइमा छन्। बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले बिहीबार विभिन्न देशसँग वार्ता सुरु गरेर कानुनी मार्ग समाप्त भएका व्यक्तिलाई बेलायतबाहिर ‘फिर्ती केन्द्र’ स्थापना गर्ने घोषणा गरे।>
आवेदन अस्वीकृति दर २००४ मा ८८ प्रतिशत, २०२२ मा २४ प्रतिशत र २०२४ मा ५३ प्रतिशत थियो। २००४ देखि २०२१ सम्म शरणका लागि तीन चौथाइ आवेदन प्रारम्भिक रूपमा अस्वीकृत भए। पुनरावेदनमा एक तिहाइले शरणार्थी मान्यता पाए। २०२४ मा नौ हजार भन्दा बढी अस्वीकृत आवेदकलाई देश छोड्न आदेश दिइयो, जुन २०२३ को तुलनामा ३६ प्रतिशत बढी हो।>
२०२४ मा २ लाख २४ हजार ७०० मुद्दाको सुनुवाइ भयो। यसमध्ये ८७ हजार २०० प्रारम्भिक निर्णयको पर्खाइमा र १ लाख ३७ हजार ५०० प्रारम्भिक अस्वीकृतिपछि कानुनी प्रक्रियाको पर्खाइमा थिए। यो सङ्ख्या २०२२ देखि घटे पनि २०१४ को तुलनामा चार गुणा बढी छ। प्रारम्भिक निर्णयमा ढिलाइ र ठूलो सङ्ख्यामा निर्वासनको सामना गर्नुपरेको छ।>
२०१८ अघि नभए ्रको अस्थायी डुङ्गाबाट इङ्लिस च्यानल पार गर्नेको सङ्ख्या पछिल्ला वर्षहरूमा निकै बढ्यो। २०१८ देखि २०२४ को डिसेम्बरसम्म १ लाख ४८ हजार आप्रवासीले ज्यान जोखिममा राखेर च्यानल पार गरी बेलायत पुगे। तीमध्ये ९५ प्रतिशतले शरणका लागि आवेदन दिए, जुन २०१८ देखि २०२४ को डिसेम्बरसम्मको कुल शरण आवेदनको २९ प्रतिशत हो। >
२०२५ मा १३ हजार आप्रवासीले च्यानल पार गरे, जुन २०२४ को सोही अवधिको तुलनामा बढी हो। २०२४ मा शरण माग्नेमा पाकिस्तानबाट आएकाको सङ्ख्या सबैभन्दा धेरै थियो। अघिल्ला वर्षहरूमा सिरिया र इरानबाट आएका शरणार्थीको सङ्ख्या बढी थियो। एएफपी>>