साताको पहिलो दिन नेप्से परिसूचक बढेको छ । बिहीबार स्थिर रहेको नेप्से आज २८.३८ अंकले बढेर २०७७.७६ को विन्दुमा पुगेको छ ।>
आज २८७ धितोपत्रको ८३ लाख ५२ हजार ५७६ कित्ता सेयर तीन अर्ब चार करोड २५ लाख ४३ हजार रुपैयाँमा किनबेच भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १.६६ प्रतिशतले बढेर ३८८.५१ कायम भएको छ । आज १३ वटा उपसमूहको समूहगत सूचक उकालो लागेको छ । सबैभन्दा धेरै होटेल तथा पर्यटन क्षेत्रको ४.६३ प्रतिशतले बढ्यो ।>
रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेर ३३१.७० कायम भएको छ । अप्पर तामाकोसी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ६.६५ प्रतिशतले घटेको छ ।>>