आगामी आइतबारसम्मै पानी पर्ने सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेका छन् । शुक्रबार भने हिजो र आजको तुलनामा कम पानी पर्ने सम्भावना छ ।>
तर शनिबार र आइतबार भने धेरै ठाउँमा पानी पर्ने प्रक्षेपण छ । पहाडी भागमा बढी पानी पर्ने र उच्च पहाडी तथा हिमाली भागमा हिमपात पनि हुने सम्भावना रहेको छ ।महाशाखाले जारी गरेको बुलेटिनमा आज कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको उल्लेख छ ।अहिले प्रिमनसुन अवधि चलिरहेकाले हावाहुरी, चट्याङ र वर्षा हुने गर्दछ । >
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार गत चौबिस घण्टामा चट्याङ लागेर ४ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।>
>>