प्रजातन्त्र पार्टीको विरोधपछि राष्ट्रियसभामा र प्रतिनिधिसभा बैठक स्थगित

Jasus Khabar 1+ समाचार ( )
२१ जेठ २०८०

नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिप्रति प्रतिपक्ष दलहरू एकजुट भएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोधपछि राष्ट्रियसभामा र प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

प्रतिपक्षी दलको अवरोधपछि स्थगित भएको राष्ट्रिय सभाको अर्को भोलि दिउँसो १:०१ बजेलाई बोलाइएको छ । भने एक घण्टाको लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक अझै बस्न सकेको छैन ।


सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्तिको विरुद्ध प्रतिपक्षी दलहरू एकठाउँमा उभिएका हुन् ।

प्रतिपक्ष दलहरूले एकजुट भएर प्रधानमन्त्रीले माफी नमागेसम्म संसद चल्न नदिने अडान राखेका छन् ।

एमालेका प्रमुख सचेतक पदम गिरीले गिरीले राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ताभित्र सरकारले संसदले अर्को विधेयक नल्याएसम्म बैठक चल्न नदिने चेतावनी दिए ।
यस्तै, उनले फूलबारी बन्दरगाहाको रुट प्राप्तका निम्ति नेपालको पश्चिम कालापानी, लिम्पियाधुरा लिपुलेक क्षेत्र दिन तयार रहेको भन्ने कुराले नेपालको शीर निहुरिएको बताए ।

नेपाली नागरिकलाई नागरिकता प्रदान गर्न रास्वपा सदन र सडकबाट संघर्ष गर्न तयार रहेको उनले प्रष्ट्याए ।


प्रतिक्रिया

सम्बन्धित समाचार