नुवाकोटमा त्रिशूली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन्। मंगलबार साँझ नुहाउने क्रममा दुई बालिका नदीमा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए। बेपत्ता हुनेमा बेलकोटगढी नगरपालिकाका–७ की ११ वर्षीया जेनी डंगोल र ११ वर्षीया सदीक्षा रहेका छन्। ‘उनीहरु बेलकोटगढी–७ कचौडे भिरस्थित नदीमा नुहान र लुगाधुन भनेर मंगलबार साँझ गएका रहेछन्,’एसपी रेग्मीले भने, ‘दुई बालिका त्रिशूलीमा बेपत्ता भएको जानकारी पाउना साथ हाम्रो टोली खोजीमा जुटेको हो । रातिसम्म खोज्दा पनि फेला परेनन्। आज पनि बिहानैबाट खोजी कार्य सुरु भइसकेको छ।’ दुई बालिका र नौ वर्षीय एक बालक नुवाउन र लुगाधुन भनेर नदीमा गएका अभिभावकको भनाई छ। दिदीहरु नदीमा बेपत्ता भएपछि बालकले अभिभावकलाई खबर गरेका थिए। उनीहरुको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक वीरबहादुर तामाङको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।>>
त्रिशूली नदीमा दुई बालिका बेपत्ता
१ जेठ २०८२
प्रतिक्रिया
ताजा समाचार
नेपालमा सामाजिक सञ्जाल: फाइदा, चुनौती र समाधान
Jasus Khabar | २१ जेठ २०८३
राष्ट्रिय संवेदनशीलतामाथि हल्का टिप्पणीको मूल्य: स...
Jasus Khabar | १७ जेठ २०८३
सीमा, लागुऔषध र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरील...
Jasus Khabar | १४ जेठ २०८३
‘विकास निर्माणमा अवरोध स्वीकार्य छैन’ : वडा अध्यक्...
Jasus Khabar | १० जेठ २०८३
आसेपासेलाई मात्रै खबर, उपलब्धि शून्य : करोडौं खर्च...
Jasus Khabar | १० जेठ २०८३
सुनसरी बहुमुखी क्याम्पस इनरुवाको सञ्चालक समितिमा स...
Jasus Khabar | १० जेठ २०८३