कृषि सहकारी संघ सुनसरीको उपाध्यक्षमा जमालुद्दीन मन्सुरी

Jasus Khabar 3945+ समाचार ( )
२८ पौष २०८२

इनरुवा । कृषि सहकारी संघ सुनसरीको १४औँ वार्षिक साधारण सभा सोमबार निर्माण व्यवसायी संघको सभाहलमा सम्पन्न भएको छ। साधारण सभाले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नयाँ कार्यसमितिको उपाध्यक्ष पदमा जमालुद्दीन मन्सुरी सर्वसम्मत चयन हुनुभएको छ।

उपाध्यक्षमा चयन भएपछि मन्सुरीले आफूलाई दिइएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै भन्नुभयो,“कृषकको हित, सहकारीको पारदर्शिता र संघको सुदृढीकरण नै मेरो पहिलो प्राथमिकता हुनेछ। सबै सदस्यसँग सहकार्य गर्दै कृषि क्षेत्रलाई अझ मजबुत बनाउने दिशामा इमान्दारिताका साथ काम गर्नेछु।”

साधारण सभामा संघको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक विवरण तथा आगामी कार्ययोजनामाथि छलफल गरिएको थियो। सहभागीहरूले कृषि सहकारीलाई अझ किसानमुखी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा बोल्ने वक्ताहरूले कृषि सहकारी संघ सुनसरीले जिल्लाको कृषि विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा संघले अझ सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे।

साधारण सभा सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया