लागू औषध ट्याब्लेट सहित भोक्राहा नरसिंहबाट एक जना पक्राऊ

Jasus Khabar 3925+ समाचार ( )
२८ फाल्गुन २०८१

सुनसरी -  जिल्ला सुनसरी भोक्राहा नरसिंह गाउँपालिका वडा न-०६ फुलचौक स्थित ट्याब्लेट सहित एक जना लाई प्रहरीले पक्राउ गरेको छ। 

मिति २०८१।१०।२७ गते १८:३० बजेको समयमा इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट प्र.ब.ना.नि.अशोक कोईरालाको कमाण्डमा खटीएको चेकिङ टोलिले संका लागी भारतबाट नेपाल तर्फ पैदल हिड्दै आई रहेकोलाई  पक्राउ गरिएको हो। 

जिल्ला सप्तरी सप्तकोशी नगरपालिका वडा नं.६ फत्तेपुर बस्ने बर्ष ३२ को प्रदिप बि.क.लाई रोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

कानून बमोजिम चेकजाँच गर्ने क्रममा निजले बोकेको हाते झोलामा लुकाई-छिपाई ल्याउदै गरेको अवस्थामा लागुऔषध Tramol-११९० (एघार सय नब्बे) ट्याबलेट र SPASPAIN-१०२८ (एक हजार अठ्ठाईस) ट्याबलेट फेला पारी निज मानिस सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याई थप अनुसन्धान भईरहेको ।

प्रतिक्रिया