उच्च मूल्यबाट तोलामा ७०० घट्यो सुनको भाउ

Jasus Khabar 1+ समाचार ( )
८ कार्तिक २०८१

केही दिन यता लगातार बढेर हरेक दिन जसो नयाँ रेकर्ड बनाउँदै गएको सुनको मूल्य बिहीबार भने घटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा केही गिरावटसँगै बिहिबार नेपाली बजारमा पनि सुनको मूल्य घटेको छ ।बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ६६ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ । बुधबार तोलाको एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भएर हालसम्मकै उच्च मूल्य पुगेको सुन बिहिबार तोलामा ७०० रुपैयाँले घटेको हो ।

बिहीबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । बुधबार तोलाको २१३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार २०९५ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया