सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

Jasus Khabar 1+ समाचार ( )
१० अशोज २०८१

नेपाली  बजारमा पाँच दिनदेखि लगातार बढिरहेको सुनको मूल्य आज नयाँ कीर्तिमान कायम गरेको छ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलामा तीनसय रुपैयाँले बढेर एक लाख ६० हजार ७ सय पुगेको हो। यो मूल्य अहिलेसम्मकै उच्च हो।


पछिल्लो दिनमा  सुनको मूल्य एक लाख ६० हजार ४ सय रुपैयाँ थियो, र आज यो मूल्य तीनसय रुपैयाँ बढेर एक लाख ६० हजार सात सय पुगेको छ। चाँदीको मूल्य भने स्थिर रहँदै आज पनि १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया