विराटनगरमा देवरद्वारा भाउजूमाथि एसिड प्रहार

Jasus Khabar 3959+ समाचार ( )
७ अशोज २०८२

 विराटनगर महानगरपालिका–९ मा २५ वर्षीय श्रवण साह ९छोटु० ले आफ्नी भाउजू २२ वर्षीया रागिनीदेवी साहमाथि एसिड प्रहार गरेका छन्।

प्रहरीका अनुसार सोमबार भएको घटनामा महिलाको अनुहार जोगिँदा हात र शरीरका अन्य भागमा एसिड परेको छ। हाल उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ र अवस्था खतरामुक्त छ।

घटनाका बेला दाजु घरमा नभएको र देवरले बियरको बोतलमा एसिड ल्याएर प्रहार गरेको प्रहरीले जनाएको हो। प्रारम्भिक अनुसन्धान अनुसार लेनदेन विवादका कारण एसिड प्रहार भएको खुलेको छ।

मोरङ प्रहरीकी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार आरोपित श्रवण साहको खोजी कार्य तीव्र पारिएको छ।

प्रतिक्रिया