सुन तोलामा ६०० रुपैयाँ बढ्यो , प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार

Jasus Khabar 1+ समाचार ( )
१६ जेठ २०८१

बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँ मूल्य तोकिएको छ ।

अघिल्लो दिन १ लाख ३७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । जेठ ७ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ भने तोलामा १० रुपैयाँ बढेको छ ।

महासंघका अनुसार बुधबार प्रतितोला १ हजार ९ सय ३० रुपैयाँमा चाँदीको कारोबार भएको छ । अघिल्लो दिन १ हजार ९२० रुपैयाँ थियो ।

प्रतिक्रिया