तोलामा १९ सय बढ्यो सुन , तोलामा १ लाख ४४ हजार ७ सय रुपैयाँ कायम

Jasus Khabar 1+ समाचार ( )
७ आषाढ २०८१

शुक्रबार एकैदिन सुनको भाउ तोलामा १९ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा १ लाख ४४ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ४२ हजार ८ सय थियो । जेठ २५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १८४० रुपैयाँ रहेको चाँदी आज १८६५ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया