जासुस संवाददाता । गोदावरी, ललितपुर ।>
‘मुस्लिम राष्ट्र निर्माण गर्ने समुदाय हो । एकीकरण अभियान, प्रशासन, राज्य सञ्चालन, सैन्य क्षेत्र, कुटनीतिक क्षेत्र, व्यापार क्षेत्र, अन्तर्राष्ट्रिय व्यापार, पर्यटन क्षेत्र, वास्तुकलाको विकास, ललितकलाका सवै क्षेत्रको विकास, भाषा साहित्यको विकास, शैक्षिक विकास, सभ्यातको विकास लगायत राष्ट्र निर्माणका सवै क्षेत्रमा मुस्लिम समुदायको योगदान सयौँ वर्षदेखि रहेको छ । तसर्थ, मुस्लिम समुदायले इतिहास पढेर पहिले आफूलाई नै चिन्नु पर्छ’, गोदावरीमा आयोजित ईद मिलन कार्यक्रममा पूर्व मन्त्री तथा संविधानसभा सदस्य मोहम्मद जाकिर हुसैनले भने ।>
‘मुस्लिम समुदायले देशमा भएका सवै परिवर्तनहरुमा भूमिका निर्वाह गरेको छ । गोरखाली (पहाडी) मुस्लिमहरुले विशाल नेपाल निर्माणको एकीकरण अभियानमा भूमिका निर्वाह गरे, कान्तिपूरमा बसोवास गर्ने कश्मिरबाट आएका मुस्लिमहरुले भारत र तिब्बतसँग व्यापार गरी तत्कालीन नेपालको अर्थतन्त्रलाई माथि उठाए । तिब्बती मुस्लिमहरुले पर्यटन व्यवसायलाई मलजल गरे । बेगम हजरत महलसँगै आएका हिन्दुस्तानी भनिने मुस्लिमहरुले नेपालमा मुगल शैलीको वास्तुकलाको माध्यमले सभ्यताको विकासमा योगदान पुर्याए । नेपालको दक्षिणी इलकामा बस्ने मुस्लिमहरुले तबदेखि नै पूर्व मेचीदेखि महाकालीसम्मका दशगजा क्षेत्रका अघोषित फौजको रुपमा सीमाको सुरक्षाका कवच बनेका छन् । सिम्रौनगढ मुस्लिम शासकले प्रत्यक्ष र अप्रत्य गरी लामो समयसम्म राज्य चलाए । नेपालको अन्न भण्डार भनिने तराईमा अन्नबाली उत्पादन गरेर कृषि क्षेत्रमा मुस्लिमहरुको ठूलो योगदान रहँदै आएको छ । यसरी सवै खाले नेपाली मुस्लिमहरुले राष्ट्र निर्माणमा योगदान पुर्याउँदै आएका छन्’ कलजेहरुमा अध्ययन गर्ने मुस्लिम विद्यार्थीहरुलाई उत्प्रेरित गर्दै हुसैनले बताए ।>
>
ज्मिअत ओलमा नेपालल आयोजना गरेरको ईद मिलन तथा प्रशिक्षण कार्यक्रममा सर्वाेच्च अदालतका न्यायधीश अब्दुल अजीज मुसलमानले मद्रसा शिक्षाभन्दा राम्रो नैतिक शिक्षा संसारमा नै नरहेको बताए । ‘सरकारले सहयोग गर्न सके पनि न सके पनि समुदायले मद्रसा शिक्षाको उन्नयनका लागि प्रयत्न गरिरहनु पर्छ, मद्रसा शिक्षालाई समय सुहाउँदो परिमार्जन गर्दै लैजानु पर्छ’ उनले भने । उनले सरकारी निकायमा मुस्लिमहरूको सहभागिता बढाउन मुस्लिम संघ–संस्थाहरूले निःशुल्क तयारी कक्षाहरू सञ्चालन गर्नुपर्ने सुझाव दिए ।>
>
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल सरकारका पूर्व सहसचिव ई. नुर मोहम्मद खानले समुदायको सर्वाङ्गीन विकासमा जोड दिँदै राज्यका सवै निकायमा समुदायको सहभागिताका लागि समुदायमा शिक्षालाई आम गर्नुपर्ने बताए । >
>
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता ताज मोहम्मद मियाँले हामी मुस्लिम समुदायको अथक मेहनत र खुन पसिनाले संविधानमार्फत् केही उपलब्धीहरु हासिल भएका छन् । यसलाई जोगाउन हामी सदैव सक्रिय रहनुपर्ने बताए ।>
>
कार्यक्रममा युवा पुस्तालाई प्रशिक्षण दिने कार्य पूर्वमन्त्री अकबाल अहमद शाह, नेपाल सरकार गृह मन्त्रालयका सहसचिव लालबाबु कवाडी, मुस्लिम संघका अध्यक्ष अताबुल मन्सुरीले गरेका थिए । >
>
संविधान सभा सदस्य मोहम्मद मोख्तार अहमदले अध्यक्षता गरेको कार्यक्रममा मोहम्मद युनुस अहमरले सभागीहरुलाई स्वागत गरे । जमिअत अहले हदीसका महासचिव मौलाना अब्दुल अजीज तुर्बतले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा काठमाडौँस्थित विभिन्न कलेजमा अध्ययनरत तीन दर्जन बढी विद्यार्थीहरुले प्रशिक्षण लिए ।>>