संसद्को गतिरोधप्रति राष्ट्रपति पौडेलको चासो

Jasus Khabar 1+ समाचार ( )
२६ श्रावण २०८०


राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा जारी गतिरोधप्रति चासो व्यक्त गर्नुभएको छ ।

सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शीतल निवासमा आज  भएको भेटमा उहाँले संसद्को गतिरोधप्रति चासो राख्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र कानून निर्माणमासमेत बाधा पुग्ने भन्दै गतिरोध हटाउन भइरहेको पहलबारे जिज्ञासा राख्नुभएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार