क्रिकेट खेलाडी सिद्धान्तले पाए क्यानको पाँच लाख सहयोग

Jasus Khabar 3958+ समाचार ( )
१६ वैशाख २०८२

 नेपाल क्रिकेट संघ (क्यान)ले कोशी प्रदेशका क्रिकेट खेलाडी सिद्धान्त लोहनीलाई उपचारका लागि पाँच लाख उपलब्ध गराएको छ। सिद्धान्तले क्यानमार्फत सहयोग स्वरुप ५ लाख प्राप्त गरेको उल्लेख गरेका छन्। 

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै क्यानले आफूलाई सहयोग गरेको  जानकारी गराएका छन्। उनले आगामी दिनमा हुने अप्रेसनमा पनि सहयोग गर्ने आश्वासन पाएको  उल्लेख गरेका छन्। उनले लेखेका छन्,'क्यानको बोर्ड बैठकबाट पारित भएको ५ लाख रुपैयाँ सहयोग स्वरुप प्राप्त गरेको छु।  यसका लागि क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कालाई धन्यवाद। उहाँहरूले आगामी बोर्ड बैठक बोलाएर थप सहयोग गर्ने आश्वासन दिनुभएको छ।’

उनले आफूले सहयोग प्राप्त गर्दा अन्य खेलाडीलाई पनि प्रोत्साहित गर्ने बताए। उनले अन्नपूर्ण पोष्टसँगको कुराकानीमा आगामी दिनमा क्यानले आफूलाई थप सहयोगको लागि आश्वासन दिँदा राहत महसुस भएको बताए। 

२०२३ मा जनकपुरमा आयोजित महेन्द्र निधी टी- २० प्रतियोगिता खेल्ने क्रममा उनको घुँडामा गहिरो चोट लागेको थियो। उनले पाँच पटकसम्म घुँडाको अपरेशन गरिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार