राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा चलाइएको अभियानमा २८ लाख मानिसहरुले हस्ताक्षर गरेका छन् । आज (शनिबार) रास्वपा रामेछाप उमाकुण्ड–काठमाडौँ सम्पर्क विभागले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै रास्वपाका उपाध्यक्ष डा.स्वर्णिम वाग्लेले सो जनाकारी गराएका हुन् ।>
रास्वपा उपसभापति डा.वाग्लेले भ्रष्टहरूको फाइल जोगाउनका लागि ठुला दल मिलेर सरकार बनाउने प्रयोग नेपालमा हुने गरेको समेत बताए । उनले. अहिले दुई–चार भ्रष्टहरूको फाइल जोगाउन नेपालमा त्यस्तो दुर्लभ प्रयोग भएको बताए ।>
>
नेता वाग्लेले समृद्धि र सुशासनको नारा दिएको सरकारका मन्त्रीहरू नै भ्रष्टाचारमा डुब्नु लज्जास्पद अवस्था भएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले रवि लामिछानेलाई थुन्नु नै ठुलो काम ठानेको बताए । अब छिटै ठूला दलले त्यसको नजिता भोग्ने उनको चेतावनी रहेको छ ।>
>>