विश्वकप फुटबलः तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दै

Jasus Khabar 1+ समाचार ( )
२ पौष २०७९

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार तेस्रो स्थानका लागि खेल हुँदैछ। तेस्रो स्थानका लागि प्ले अफमा शनिबार मोरक्को र क्रोएसिया भिड्ने छन्।खालिफा अन्तराष्ट्रिय स्टेडियममा हुने खेल राति ८ः४५ बजे सुरु हुनेछ। प्रतियोगिताको फाइनल खेल भने आइतबार हुनेछ। फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने छन्। मोरक्को र क्रोएसिया आज तेस्रो स्थान हासिल गर्ने योजनासहित मैदान उत्रने छन्। यस्तै दुबै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छ।अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २–० ले पराजित भएको थियो। यस्तै युरोपियन तथा साविक उपविजेता क्रोएसियालाई अर्जेन्टिनाले ३–० ले हराएको थियो। मोरक्को र क्रोएसिया समूह चरणमा समेत प्रतिस्पर्धा गरेका थिए। जुन खेल गोलरहित बराबरीमा सकिएको थियो।


प्रतिक्रिया