७२ किलो गाँजासहित कारोबारीको समूह प्रहरीको फन्दामा

Jasus Khabar 3925+ समाचार ( )
१ भाद्र २०८२

 सुनसरीको धरान उपमहानगरपालिका- २० स्थित ओशो पार्क जंगलमा प्रतिबन्धित लागुऔषध गाँजा कारोबार गर्ने पाँचजनाको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आइतबार उक्त स्थानमा गाँजा कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरिएको सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिएका छन् ।

गाजासहित पक्राउ पर्नेमा  सुनसरीको धरान उप-महानगरपालिका-२० बस्ने ३० वर्षीय रुपेश राई,  २८ वर्षीय मिलन राई,  २५ वर्षीय रंजित राई, धनकुटाको सहिदभुमी गाउँपालिका-३ घर भई  इटहरी उप-महानगरपालिका-१० बस्ने ३४ वर्षीय प्रदिप राई र धरान उप-महानगरपालिका -१३ बस्ने  ३१ वर्षीय सन्तोष राई हुन्। 

पक्राउ परेकाहरूको साथबाट ६ वटा पोका पारेको अवस्थामा लागुऔषध गाँजा ७२ केजी बरामद गरिएको छ । पक्राउ परेका पाँचैजनालाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेर  थप अनुसन्धान गर्ने कार्य भइरहेको एसपी तिम्सिनाले बताए।

प्रतिक्रिया