धराली विपतको एक साता: वेपत्ता खोजीमा सकस, हराएका नेपाली सहितका आफन्त रुँदै फर्किन्छन्

Jasus Khabar 3925+ समाचार ( )
२७ श्रावण २०८२

गत साता भारतको उत्तरकाशीस्थित धरालीमा ‘आरीघोप्टे’ वर्षापछि आएको लेदोसहितको बाढीमा वेपत्ता भएका नेपाली सहित अधिकांश हराएकाहरूको अवस्था अझै अज्ञात छ। एकसाता वितिसक्दा पनि पर्याप्त उद्दारमा कठिनाइ हुँदा आफन्तहरुको वैचैनी बढ्दो छ।

यो पटकको विपतले धराली गाउँको अवशेस लाखौं टन लेदो र हिलोमा पुरिएको छ। जसलाइ पन्छाउनु असंभव जस्तै मानिएको छ। उत्तरकाशीको धरालीमा मंगलबार दिउँसो २ बजे ‘क्लाउडब्रस्ट’ भएर आएको भिषण लेदो सहितको बाढीले केबल ३४ सेकेन्डमै पुरै गाउँनै डुबाएको थियो।

जहाँका मानिसहरूले भाग्ने कुनै विकल्पै पाएका थिएनन्। स्थानीय सरकारले अहिले सम्म कुल ४३ जना वेपत्ता भएको जनाएको छ। जसमा केवल एउटा मात्र शव भेटिएको छ। यो विपतमा धेरै नेपालीहरूसमेत परेका थिए। उनीहरुको अवस्था समेत अज्ञात छ।

पहिलो दिन सरकारले ४ जनाको मृत्यु भएको र ३० भन्दा बढी बेपत्ता भएको जनाएको थियो। तर स्थानीयहरु भने ६० भन्दा बढी वेपत्ता भएको बताउँछन्। तर खराब मौसम र दलदल तथा अवरुद्ध बाटोका कारण उद्दार कार्य शुरुनै हुन सकेको छैन्।

२९ जना बेपत्ता नेपालीमध्ये ५ सम्पर्कमा

उक्त विपतमा परी २९ नेपाली मजदुरहरु बेपत्ता भएको दैनीक भास्करले जनाएको छ। जसमध्ये ५ जना मात्र सम्पर्कमा आएको र २४ जनाको खोजी कार्य जारी रहेको जनाएको छ। मोबाइल नेटवर्क आएपछि ५ जना सम्पर्कमा आएको र अन्यको भने खोजीकार्य जारी रहेको जनाइएको छ।

यस्तोमा वेपत्ता भएका आफन्तहरु घटनास्थलमा पुग्नलाइनै मुस्किल छ पुग्नेहरू पनि त्यहाँको अवस्थापछि रुँदै फर्किने गरेका छन्। परिवार तथा आफन्तहरु हराएकाहरुको शव भेटिने अपेक्षामा छन्।

तर उनीहरुको त्यो अपेक्षा पनि क्षीण हुँदै गएको छ। लाखौं टनको लेदोले छोपिएको बस्तीबाट उद्दार गर्नु पर्ने अवस्था रहेको छ। त्यसोत बेलाबेला हुने वर्षा र दलदलले उद्दार कार्य प्रभावित भएको छ।

प्रतिक्रिया