अजमल अन्सारी>
सुनसरी । सशस्त्र प्रहरी सुनसरीले प्रतिबन्धित लागु ओैषध खैरो हिरोईन सहित ३ जनालाई पक्राउ गरिएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ इस्राइल कामतस्थित बाट चेकजाँच गर्ने क्रममा खैरो हिरोईन सहित ३ जना पक्राउ परेको हो ।>
सशस्त्र प्रहरी बल लाैकही बिओपीको सहायक प्रहरी निरिक्षक प्रकाश भट्टराईकाे नेतृत्वमा खटिएको टाेलीले प्रतिबन्धित लागु ओैषध खैरो हिरोईन सहित ३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।>
>
भारतीय बजार बेलाहावाट इस्राईल कामतकाे बाटाै हुँदै नेपाल तर्फ आउदैं गरेकाे भाईनेट नेट वाइफाइ कम्पनीकाे टाटा पिकअपमा भाईनेट वाई-फाई मर्मत तथा जडान गर्ने टाटा पिकअप गाडी नम्बर बा १३ च ७९८५ मा सिट भित्र कालाे प्लास्टिकमा २.१६ ग्राम खेराै हिराेईन लुकाएर नेपाल भित्र्याउने क्रममा गाडी सहित तीन जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल बिओपी लाैकहीका प्रमुख प्रहरी निरिक्षक नारायण गाैतमले जानकारी दिए ।>
>
प्रहरीका अनुसार भाईनेट वाई फाई बनाउने टाटा कम्पनीकाे पिकअप गाडीमा शंका लागेकाे अवस्थामा खाेजतलास गर्दा सिट भित्र कालाे प्लास्टिकमा २.१६ ग्राम खेराै हिराेईन लुकाएर ल्याउने क्रममा नियन्त्रणमा लिएको थियोे ।>
>
पक्राउ पर्नेमा गाडी चालक इटहरी उपमहानगरपालिका- ४ बस्ने २७ वर्षीय बिजय कुमार चाैधरी र सोही ठाँउ बस्ने २२ वर्षीया संजय भुजेल र १६ वर्षीय कृष्ण साहलाई लागू ओषध सहित भाईनेटकाे गाडी नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान र कार्वाहीकाे लागि जिल्ला प्रहरी कार्यालय सुनसरी बुझाएको प्रहरीले जनाएको छ ।>
>
सशस्त्र प्रहरी बल नेपाल बिओपी लाैकहीका प्रमुख प्रहरी निरिक्षक नारायण गाैतमको सक्रियतामा दैनिकी लागु ओैषधसहित व्यक्तिहरुलाई नियन्त्रणमा लिइरहेका छन् । >
>