तस्करीको सामग्री समात्न प्रहरीले चलायो गोली

Jasus Khabar 3945+ समाचार ( )
७ चैत्र २०८१

तस्करीको सामग्री समात्न धनुषा प्रहरीले गोलि चलाएको छ। धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा तस्करीको सामान लुकाएर राखेको घरमा पुगेको प्रहरीले गोली चलाएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सञ्जय यादव नेतृत्वको इलाका प्रहरी कार्यालय फुलगामा र प्रहरी चौकी बहेडाबेलाको टोलीले घर घेराउ गरेर सामान समात्न खोज्दा महिलाको समूहले प्रतिकार गरेपछि प्रहरीले गोली चलाएर तस्करीको सामान नियन्त्रणमा लिएको छ। मुखियापटि पछिल्लो समय मदिरा तस्करीको ट्रान्जिन्ट प्वाइन्ट समेत बनेको छ। 


तनावको अवस्था सिर्जना भएपछि गोली चलाउनु परेको धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए। प्रहरी टोलीले तस्करीको सामान बरामदको लागि मुद्दामा छापा मार्दा स्थानीय तस्करहरूले महिलालाई अगाडि सारेपछि प्रहरीले हवाई फायर गरेको हो। 

धनुषाका प्रहरी निरीक्षक सञ्जय यादवले परिस्थिति नियन्त्रण भन्दा बाहिर जानबाट रोक्नका लागि बाध्य भएर हवाई फायर गर्नुपरेको जानकारी दिए

प्रतिक्रिया