नरसिंहका पप्पु यादव पक्राउ, जेल चलान

Jasus Khabar 3925+ समाचार ( )
१८ आषाढ २०८२

इनरुवा । झन्डै २५ वर्षको जेल सजाय सुनाइएका फरार प्रतिवादी पप्पु यादवलाई प्रहरीले पक्राउ गरेको छ।

सुनसरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २४ वर्ष ८ महिना १५ दिन कैद सजाय तोकेका पप्पु यादव लामो समयदेखि फरार रहँदै आएका थिए।

भोक्राहा नरसिंह गाउँपालिका–७ का २५ वर्षीय त्रिभुवन यादवका छोरा पप्पु सिंह उर्फ पप्पु यादवलाई प्रहरीको विशेष टोलीले गोप्य सूचनाको आधारमा इनरुवा नगरपालिका–३ स्थितबाट पक्राउ गरेको हो।

पक्राउपछि उनलाई जिल्ला अदालत सुनसरीमा पेश गरिँदा अदालतले सोही दिन पत्र आदेश जारी गर्दै कारागार कार्यालय झुम्का चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

पप्पु यादव विरुद्ध २०८१ साल भदौ २५ गते सुनाइएको फैसला अनुसार ज्यान सम्बन्धी कसुरमा सजाय तोकिएको थियो।

लामो समयदेखि लुकीछिपी बस्दै आएका यादवलाई नियन्त्रणमा लिन प्रहरीको अदालत समन्वय तथा सुरक्षा इकाइबाट खटिएको टोली सफल भएको हो।

प्रतिक्रिया