भारतीय प्रान्त गुजरातको बडोदरास्थित महिसागर नदीको पुल भाँचिँदा मृत्यु भएकाको संख्या १५ पुगेको छ। बुधबार बिहान बडोदरा र आनन्द जोड्ने गम्भीरा पुल अचानक भत्किँदा त्यहाँ गुडिरहेका पाँच सवारीसाधन पनि नदीमा खसेका थिए।>
नदीमा बिहान थप २ शव भेटिएपछि मृतकको संख्या १५ पुगेको हो। यसअघि दुर्घटनाकै दिन बुधबार १३ जनाको शव निकालिएको थियो।>>
>>