चाबहिलस्थित ॐ अस्पताल एण्ड रिसर्च सेन्टरलाई बिरामीकोे उपचारमा लापरबाही गरेको ठहर गर्दै उपभोक्ता अदालतले ५० लाख हजार रुपैयाँ क्षतिपूर्ति तिर्न फैसला गरेको छ।>
>
बिहीबार उपभोक्ता अदालतका न्यायाधीश रामप्रसाद शमा, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले उपचारमा अस्पताल र संलग्न चिकित्सकले समेत लापरबाही गरेको ठहर गर्दै क्षतिपूर्ति भराउन आदेश भएको स्रेस्तेदार शोभाकर खरेलले जानकारी दिए।>
>
बुबाको उपचारमा अस्पतालले लाबरबाही गर्दा समयमा उपचार नपाएको, उभोक्ताका रुपमा गुणस्तरीय सेवा नपाएको भन्दै वसन्त गौतमले त्रिपुरेश्वरस्थित उपभोक्ता अदालतमा मुुद्दा दिएका थिए।>
उनले ५ करोड क्षतिपूर्ति पाउनुपर्ने दाबी गरे पनि अदालतले अस्पतालाई ८० प्रतिशतले हुन आउने ५० लाख र दुई चिकित्सकलाई जनही ३ लाख ४० हजार पाच सयको दरले ५६ लाख ८१ हजार भराउन भनिएको अधिवक्ता ज्योति बानियाँले जानकारी दिए।>
९८ वर्षका बुबा हरिप्रसाद गौतम गत माघ ५ मा बाथरुममा लडेर खुट्टा टेक्न नसक्ने भएपछि तुरुन्तै अस्पताल लगिएको तर अस्पतालको इमरजेन्सीले सामान्य चेकजाँच मात्रै गरेर केही नभएको भन्दै फिर्ता गरेको वसन्तको दाबी थिये।>
तीन चार दिनसम्म पनि दुखाइ कम नभएपछि आफूले अर्को अस्पतताल लैजाँदा खुट्टा फ्याक्चर भएको पाइएपछि उपचार गराएको अदालतमा बताएका छन्।>
यसरी उपभोक्ताका रुपमा अस्पतालबाट सही र गुणस्तरी सेवा पाउनुपर्नेमा आफू ठगिएको भन्दै वसन्तले गरेको दाबीलाई उपभोक्ता अदालतले आंशिक ठहर गरेको हो।
अदालतको आदेशपछि अस्पताल तथा चिकित्सकहरु तरंग पैदा भएको छ।>>>