फुलोको उद्वार : एउटा मानवताको कथा

Jasus Khabar 3925+ समाचार ( )
२४ श्रावण २०८२

आफ्नो नाम फुलो बताउने करिब १ महिना देखि बेपत्ता रहेका थिए । मानसिक सन्तुलन ठिक नभएको फुलो रातदिन दर्दनाक जीवन बिताइरहेका थिए । म कार्यकारी सम्पादक रहेको जासुस खबरमा पहिलो पटक तस्बिर र अन्य विवरण सहित समाचार प्रकाशित भएको थियो । त्यस बेला वहाँ हरिनगर गाउँपालिका-५ बसन्तपुरमा रहेको थियो । बसन्तपुर र घुस्कीका क्रमशः इस्तियाक अहमद र अब्दुल वाहिदले तस्बिर र भिडियो पठाएर सहयोग गरेको थियोे ।


पोस्ट देखेपछि वहाँको आफन्त खोज्न आएको थियो । तर, भेटिएनन् । किनकि फुलो त्यहाँबाट अन्य स्थानमा गइसकेको थियो । तर, त्यसका आफन्तले प्रहरी चोैकी शिसुवामा सम्पर्क नम्बर दिएर जानु भएको थियो । आज म इनरुवाबाट घर आउने क्रममा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ स्थित पुर्व-पश्चिम राजमार्ग सडकको छेउमा सुतिरहेको हेरे । मान्छे पहिचान गरे । त्यहीँ फुल चाैकमा साथीभाइ सँग छलफल र भेटघाट गरे । पुनः फर्किएर एकजना साथीलाई चिराैली चाैकमा पुर्याउन गए ।


यसै प्रकरणमा पत्रकार नसिम अन्सारीले अस्ति फुलोको बारे जानकारी प्राप्त गर्न मलाई मेसेज पठाएको थियो । मैले वहाँलाई फोन सम्पर्क गरे । अस्ति तपाईले जानकारी लिनु भएको मान्छे तपाईंको सम्पर्कमा छ भने सोधेँ । आफ्नो सम्पर्कमा नरहेको बरु शिवहरी श्रेष्ठलाई थाहा होला भनेर भन्नुभयो । मैले श्रेष्ठ जी सँग फोनमा कुरा गरे । आफ्नो सम्पर्कमा वहाँहरुको आफन्त आएको तर नम्बर नरहेको बताए ।


त्यसपछि साझमा घर फर्किने क्रममामा भोकले छट्पटी रहेको हेरे । मानव हुँ । माया लाग्छ नै । माया लाग्यो । फुल चाैक आए । मनमा दुई किसिमको प्रश्न उब्जिरहेको थियो । उद्वारको कोसिस गर्नु कि यस्तै छाेड दिनु । किनकी न त म सँग आफन्त सम्पर्कमा थियो । न त नम्बर र अन्य कुनै विकल्प । भोलि उद्वारको लागि पहल गर्छु सोच बनाए ।


बरु अहिले केहि खाने कुरा खुवाउने र भोलि यसलाई जसरी नि उद्वार गरेर सम्बन्धित पक्षलाई जिम्मा लगाउने निर्णय गरे । त्यहाँबाट फुलचाैकमा आउदा पत्रकार मिलाइक आलम सँग भेटघाट भयो । सामान्य कुराकानी गरे । यो घटना बारे समेत कुराकानी भयो । मैले भने यो फ्रुटी र बिस्कुट दिएर आउदैछु भने र वहाँले ओके ब्रो जानू न भने ।


बाटोमा मेरो १ जना गाउँले भाइ कलाम मन्सुरीलाई पनि घर सम्म लिफ्ट दिनु पर्ने थियो । उनलाई पनि आफ्नो गाडीमा लिए अनि मैले भने भाइ यो खानेकुरा खुवाएर अनि घर जान्छु । लु हिन न भने उसले पनि हुन्छ भन्यो । अलिकति अगाडी बढे । उताबाट प्रहरी चाैकी शिसुवाको सहायक प्रहरी निरीक्षक जनार्दन नेपाल जी आउदै थियो । दुवैजना गाडी रोके । यस्तो यस्तो कुरा हो भने । वहाँले आफन्त मान्छे प्रहरी चाैकीमा आएको थियो र नम्बर दिएर जानू भएको भन्नु भयो । वहाँले अफिसमा फोन सम्पर्क गरेर नम्बर मगाउनुभयो ।


फुलचाैकबाट अलिकति ५ सय मिटर अगाडी फुलो भएको ठाँउमा पुगे । बिस्कुट र फ्रुटी खुवाए । नाम सोधे फुलो भन्छ । तर अन्य केहि विवरण भन्दैनन। घर जान्छौं भनेर सोध्दा हो जान्छु भन्यो । अनि मैले यहीँ बस ल भने । जनार्दन जी ले नम्बर मगाएर मलाई दिनुभयो । नम्बर भारतीय थियो । मैले फोन गरे । आफन्तले उठाउनु भयो । मैले हिन्दीमा कुरा गरे । घटना बारे सबै भने । वहाँहरुले सर त्यहीँ राख्नु, हाम्रो घर नरपतगञ्ज हो र आउन २ घन्टा लाग्छ भन्नुभयो । मैले भने आउनुस । अनि जनार्दन जी पनि आफन्त सँग कुरा गर्नुभयो । आउनुस भन्नुभयो।


त्यसपछि हामी आधी घन्टासम्म त्यहीँ म र जनार्दन जी छलफल गरे । हाम्रो छलफलमा प्रहरी चाैकी चिराैली नजिक पर्छ । त्यहाँ राख्दिनु पर्छ आफन्तलाई जानकारी दिनुपर्छ सोच बनाए । त्यसपछि प्रहरी चाैकी चिराैलीका सहायक प्रहरी निरीक्षक अमर बहादुर खड्कालाई मैले फोन गरे । वहाँले हामी त्यहीँ आउदैछाैँ भन्नुभयो । मैले भने आउनु पर्दैनन् । बरु हामी सिटीमा त्यहीँ पठाउदै छाैँ । र तब सम्म हेर्नू होला आफन्तहरु आदैछ जानकारी दिए । र हामी घर फर्किए । पछि जनार्दन जी पनि फोन गरेर भन्नुभयो ।


त्यसपछि जनार्दन जीको मोबाईलबाट आफन्तलाई फोन गरे । वहाँ सीमा क्षेत्रको कमान्डर भएकोले होला । भारतीय सिम पनि प्रयोग गर्नु हुन्छ । वहाँकै मोबाइलबाट फोन गरे । पछि सोधे मैथिली पनि बोल्नु हुन्छ रे । अनि मैले मैथिली मै कुरा गरे । अनि सबै विवरण र सम्पर्क गर्नुपर्ने ठाँउको बारेमा जानकारी दिए अर्थात् टिप्न लगाए। आफन्तले चार चक्का गाडीबाट आउछाैँ भन्नु भयो । मैले भने अहिले लोैकही नाकाबाट गाडी प्रवेश गर्न मिल्दैन । भण्टावारीबाट आउनु होला वहाँहरुले भन्नुभयो हुन्छ । तर, मैले मैले भन्सार कार्यालय बन्द होला । त्यहाँ सम्म आउनु होला अनि सम्पर्क गर्नु । त्यसपछि अमर जी ले ब्याजसम्म गाडी व्यवस्था गरेर पठाउछाैँ सर भन्नुभयो । अहिले अमर जीले फुलोलाई युवा साथी समसाद अन्सारीको गाडीमा ब्यारेज सम्म पुर्याउन पठाउनु भएको खबर पाए ।


परिवारले फुलोलाई सुरक्षित पाएको छ । परिवारका १ जना सदस्यले मलाई फोन गरेर मलाई र सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिएको र अभारी रहनेछु भन्नुभयो ।


तर, आज मैले नयाँ पाठ पनि सिके । यो संसारमा निकै पापी र निर्दयी मान्छेहरुको हुल देख्न पाए । म त्यहाँ आधी घन्टा समय बिताउदा कसैले पनि सोधेनन । के भयो, के कुरा हो । को हो र के भएको हो । यहाँ सम्म कि रोड मै सुतिरहेको भएपनि कसैले छेउ लगाएनन। मानवता मरेकै हो त भन्ने प्रश्न उब्जिएको थियो ।


यस अभियानमा सहयोग तथा समन्वय गर्नुहुने सम्पुर्ण मानव प्रेमीलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।


पत्रकार अजमल अन्सारीको पोष्ट (विचार) सान्दर्भिक लागेर जस्ताको त्यस्तै प्रकाशित गरिएको छ । त्यसमा व्यक्त विचार उनका निजी हुन् । अन्सारी राजनीतिक, आर्थिक, कृषि , शिक्षा, स्वास्थ्य र अनुसन्धान लगायतका समय सन्दर्भको आधारमा कलम चलाउँछन् । 

प्रतिक्रिया

MD Amir २४ श्रावण २०८२, शनिबार

एकदमै राम्रो काम गर्नुभयो यसबाट हामीलाई पनि सिको मिल्यो