संसारलाई सारंगी चिनाउन हिँडेका अनिल

Jasus Khabar 3925+ समाचार ( )
१९ वैशाख २०८२

करिब ११ वर्षअघि प्रसारित ‘कोक स्टुडियो पाकिस्तान– सिजन ६’ को ‘लागेरे नयन’ बोलको गीतको इन्ट्रोमा देखिएका युवा, जो दौरासुरुवाल, भादगाउँले टोपी र इस्टकोटमा सजिएर सारंगी रेटिरहेका देखिन्छन्, उनी अनिल गन्धर्व हुन् । यो गीत युट्युबमा ६० लाखभन्दा धेरैपल्ट हेरिसकिएको छ ।

यसभन्दा अगाडि सारंगीलाई आफ्नो प्रतिविम्ब ठान्ने अनिलको संसारलाई सारंगी चिनाउने आकांक्षालाई देशभित्रबाट खासै कसैले न महत्त्व दिएका थिए, न उनको अभियानलाई पत्याएकै थिए । तर, उनको क्षमता र कलाले कोक स्टुडियो पाकिस्तानजस्तो अन्तर्राष्ट्रिय मञ्च पाएपछि भने देशभित्रबाट पनि उनलाई पत्याउनेको संख्या बढ्न थालको हो ।

कसैले पत्याओस् वा नपत्याओस्, कोही कसैको साथको आशाबिनै आजसम्म पनि आफ्नो समुदायको पुर्ख्यौली बाजा सारंगीबारे अन्तर्राष्ट्रिय समुदायसम्मलाई जानकार गराउने अभियानमा निरन्तर अविचलित रूपले समर्पित अनिल आजसम्म आइपुग्दा केही दहसम्म सो अभियानमा सफल पनि देखिएका छन् । 

यद्यपि, उनी जुन अभियानमा छन्, त्यसको गन्तव्य अझै धेरै टाढा रहेको सुनाउँछन् । तथापि हिजो जसरी आफ्नो समुदाय विभेदकारी समाजको सिकार बनेको थियो, व्यवस्था परिवर्तनसँगै आज आफ्नो समुदाय हिजोको विभेदको अवस्थाबाट माथि उठेको भन्दै उनी केही हदसम्म  सन्तुष्ट त देखिन्छन् । तर, अझै पनि अधिकांश गन्धर्व समुदायको अवस्थामा खास परिवर्तन आउन नसकेकोमा भने उनी एकसाथ चिन्ता र असन्तोष मिश्रित लामो सुस्केरा लिन्छन् ।

अझ आफ्नो समुदायको पहिचानसँग शताब्दियौँदेखि साइनो जोडिएको सारंगीप्रतिको नकारात्मक धारणा सुन्नुपर्दा सबैभन्दा दुःख लाग्ने उनी सुनाउँछन् । मुख्यतः संसारलाई सारंगी चिनाउने धेयका साथ सारंगीको प्रचारप्रसार र प्रवर्द्धनमा सजिला, अप्ठ्यारा सबै किसिमका अवस्थाको सामना गर्दै दशकौँदेखि निरन्तर क्रियाशील छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार