मोहसिम अंसारी >
सुनसरी - सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं.- ७ सोमबारे स्थित लागू औषध ब्राउन सुगर सहित एक जना पक्राऊ परेका छन्। >
>
बराहक्षेत्र नगरपालिका वडा नं.- ७ सोमबारे स्थित २५ वर्षिय धिरज राईलाई लागु औषध कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो। >
>
महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले धिरज राईको शरिर कानून बमोजिम खानतलासी गर्दा निजको पाइन्टको गोजीमा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २.३५० ग्राम ब्राउन सुगर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। >
>
लागू औषध सहित राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जिल्ला प्रहरी सुनसरील्याई थप अनुसन्धानको लागि पठाइएको छ। >>