उदाहरणिय वडा अध्यक्ष जस्ले ‘ब्ल्यांकेट’ वितरण देखी लोकप्रयि कार्यक्रमहरु संचालनमा लयाए

Jasus Khabar 1+ समाचार ( )
धानपालथान–५ का ३०२ परिवारलाई ‘ब्ल्यांकेट’ वितरण
१ माघ २०८०

 मोरङको धनपालथान गाउँपालिका–५ का तिन सय बढी परिवारलाई बढ्दो चिसोबाट बच्नका लागि ‘ब्ल्यांकेट’ वितरण गरिएको छ । धनपालथान गाउँपालिकाको ५ नम्बर वडा कार्यालयले ३०२ जना अपाङता भएका व्यक्ती, सुत्केरी, ज्येष्ठ नागरीक एवम् अतिविपन्न लक्षितबर्गलाई कठ्यांग्रीदो जाडोबाट बच्नका लागि ‘ब्ल्यांकेट’ वितरण गरेको हो ।

वडा अध्यक्ष गयानन्द सरदारले वडा स्तरीय योजनामा लक्षित वर्गका वडा वासीलाई न्यानो कपडा वितरण गर्न योजना नै छनौट गरेका हुन् । 

उदहरणिय वडा अध्यक्ष सरदारले वडा स्तरीय योजनामा लोकप्रयि कार्यक्रमहरु राखेका छन् । वडा वासीलाई निःशुल्क विमा कार्यक्रम , गर्भवति महिलाहरुका लागी पोषिलो खानेकुरा वितरण कार्यक्रमहरु संचालनमा समेत राखेका छन् । आइतबार वडा कार्यालय परिसरमा एक कार्यक्रमका बिच पूर्वमन्त्री तथा नेकपा माआवादी केन्द्रका पोलिटब्युरो सदस्य शिवकुमार मण्डल, धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ गच्छदार र सोही वडाका वडाध्यक्ष गययानन्द सरदारलगायतले ‘ब्ल्यांकेट’ वितरण गरे ।

जाडोबाट बचनका लागि न्यानो कपडा ‘ब्ल्यांकेट’ पाएपछि स्थानीय निकै हर्षित भएका छन् । उनीहरुले वडा कार्यालयले ‘ब्ल्यांकेट’ वितरण गरेर निकै राम्रो काम गरेको बताएका छन् ।कार्यक्रममा पूर्वमन्त्री मण्डलले पूर्वाधार विकासलाई मात्र विकास भन्न नमिल्ने बताउँदै समुदायका समस्या पहिचान गरेर स्थानीय जनप्रतिनिधिले काम गर्नुपर्ने बताए । उनले स्थानीयतह र वडा कार्यालयहरुले गर्ने कार्यबाट जनता प्रत्यक्ष लाभान्वित हुने भएकाले समस्याको पहिचान गरि जनमुखी कामहरुलाई निरन्तरता दिइनुपर्नेसमेत बताए ।

सो अवसरमा धनपालथान गाउँपालिकाका अध्यक्ष गच्छदारले सो वडामा ९० प्रतिशत बढी जनता दलित र विपन्न परिवारको वसोबास रहेको बताउँदै ‘ब्ल्यांकेट’ वितरण गर्ने काम प्रशंसनीय रहेको बताए ।कार्यक्रममा वडाध्यक्ष सरदारले उक्त वडामा अधिकांश दलित, पडाडी परेका र सुकुम्वासी परिवारको बसोबास रहेको बताउँदै समुदायको आवश्यकतालाई पहिचान गरि वडा कार्यालयले काम गरिरहेको बताए । उनले यतिबेला बढ्दो शितलहरका कारण सवैभन्दा बढी प्रभावित हुनेहरुको पहिचान गरी वडा कार्यालयले विनियोजन गरेको चार लाख रुपैयाँ बजेटबाट ‘ब्ल्यांकेट’ वितरण गरिएको जानकारी दिए । यसअघि एक सय जनालाई ज्याकेट समेत वितरण गरिएको वडाध्यक्ष सरदारले बताए ।


प्रतिक्रिया

सम्बन्धित समाचार