पर्यटन विकासमा प्रदेश सरकारको योगदान

Jasus Khabar 1+ समाचार ( )
४ आषाढ २०८१

नेपाली जनताले २०७२ सालमा नयाँ सविंधान प्राप्त पश्चात राष्ट्र संघिय सरकारको परिकल्पना प्राप्ती पछि ७ वटा प्रदेशमा शक्ति विकेन्दिकरण भयो । नागरिकहरुले कार्यसम्पादनका लागी केन्द्र सम्म धाउनुपर्ने बाध्यता अन्त्य पछि प्रदेश सरकारमा निहित हुन गयो । 

सामान्यतया पर्यटन भन्नाले एक ठाउँबाट अर्को ठाउँको भ्रमणमा सहायता गर्ने कार्यलाइ जनाउछ । विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) को परिभाषा अनुसार आफ्नो नियमित बासस्थानबाट बिदा मनाउने, व्यापार गर्ने वा त्यस्तै अन्य कुनै उद्देश्यले चौविस घण्टा भन्दा बढी समय र लगातारको एक वर्ष भन्दा कम समय बाहिर विताउन निस्कने व्यक्तिलाई पर्यटक भनिन्छ । यस्ता पर्यटकहरुलाई सःशुल्क घुमाउने, आवाशको व्यवस्था गर्ने, यातायात मिलाउने, दृश्यावलोकन गराउने आदि कार्य गर्ने क्षेत्रलाई पर्यटन भनिन्छ । यस्तो व्यवसायलाई पर्यटन व्यवसाय वा पर्यटन उद्योग भनिन्छ । प्राचीन समयमा रोमन रिपब्लिककै समयदेखि ठूला भवनहरु हेर्न, कलाकौशलको मजा लिन, नयाँ भाषा सिक्न, नयाँ संस्कृतिहरुको अनुभव लिन र विभिन्न प्रकारका स्वादिष्ट खानाहरुको स्वाद लिन सम्पन्न मानिसहरु आफ्नो घरबाट टाढाका ठाउँहरुमा जानका लागि निस्कन्थे । यसै क्रममा पर्यटक भन्ने शब्द सन् १७७२ मा र ‘पर्यटन’ भन्ने शब्द सन् १८११ मा प्रयोग भएका हुन् ।  

फुर्सदको समय पर्यटकका रुपमा बाहिरी वातावरणमा बिताउने प्रचलन बेलायत लगायतका पश्चिमा देशहरुमा औद्योगिक क्रान्ति पछि शुरु भएको हो र यसैको क्रम बढ्दै गएर पर्यटन एउटा विशाल उद्योगको रुपमा विकसित हुन गएको हो । थमस कुकले ट्राभल एजेन्सी मार्फत समूहगत रुपमा पाहुनाहरुलाई घुमाउन थालेपछि यो व्यावसायिक रुपमा विकसित हुन थालेको हो । इन्डोनेशियाको बाली, कोलम्विया, ब्राजिल, क्युबा, मलेसिया, थाइल्याण्ड, अष्ट्रेलिया लगायतका ठाउँहरु हिउँद तथा ग्रिष्म दुवै श्रृतुमा उच्च भ्रमण गरिने स्थानमा पर्छन् ।

नेपाल पछि पर्यटकिय क्षेत्रमा प्रचुत सम्भावना बोकेको देश हो । हाल यसै क्षेत्रलाई विकासका लागि कोशी प्रदेश सरकारमा समेत पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी, विराटनगरको स्थापना मिति २०७९÷१०÷०६ गते भएको हो ।

 यस मन्त्रालय मिति २०७४÷१०÷२९ मा स्थापित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट मिति २०७८÷१०÷१६ गते देखि वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयको रुपमा संचालन भइ पुनः संयोजन भइ स्थापना भएको हो । वि.सं. २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानमा व्यवस्था भए बमोजिम देशलाई संघीय ढाँचामा लगेर पुनःसंरचना गर्ने उद्देश्यका साथ ७ वटा प्रदेशहरु स्थापना गरिएको छ । यसमध्ये पूर्वी नेपालको १४ जिल्ला समेटिएको यस प्रदेशमा २०७९÷१०÷६ गते प्रदेश राजपत्रमा प्रकाशित प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७९ अनुसार ९ वटा मन्त्रालयहरु स्थापना भएका छन् । यस मन्त्रालयको कार्यक्षेत्रको रुपमा पर्यटन, वन, वन्यजन्तु, वन पैदावर, भू–संरक्षण, जलवायु परिवर्तन, वातावरण र जैविक विविधताका विषयक्षेत्रका ४१ वटा कार्यविवरणहरु रहेका छन् ।  यस मन्त्रालयको मातहतमा प्रदेश वन निर्देशनालय, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र,  डिभिजन वन कार्यालयहरु, भू तथा जलाधार व्यवस्थापन कार्यालयहरु, पर्यटन विकास आयोजना, जलाधार व्यवस्थापन तथा कार्यक्रम कार्यान्वयन इकाई र पर्यटन कार्यालयहरु रहेका छन् । 

नेपालको संविधानमा स्वच्छ वातावरणलाई मौलिक हकको रूपमा सुरक्षित गरिएको छ भने प्राकृतिक साधन स्रोतको संरक्षण, संवर्द्वन र उपयोग तथा जलवायू परिवर्तन न्यूनीकरणका सम्बन्धमा राज्यले अपनाउनु पर्ने नीतिहरूका बारेमा उल्लेख भएको छ । त्यसैगरी  नेपालका ऐतिहासिक, साँस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरुको पहिचान, संरक्षण, प्रवर्द्वन एवं प्रचार प्रसार मार्फत वातावरण अनुकूल पर्यटन उद्योगको विकास गर्ने, पर्यटन सँस्कृतिको विकास गर्न आवश्यक वातावरण एवं नीति निर्माण गर्ने तथा पर्यटन उद्योगको लाभ वितरणमा स्थानीय जनतालाई प्राथमिकता दिने गरी पर्यटन नीति अख्तियार गरेको छ । नेपालको संविधानले पर्यावरणीय दिगो विकासको सिद्धान्त अवलम्बन गर्दै दिगो विकास लक्ष्य प्राप्तिका लागि प्राकृतिक स्रोत साधनको संरक्षण, संबर्धन र उपयोग, जलवायु परिवर्तनका नकरात्मक असरको न्यूनीकरण, पर्यटनको प्रवर्द्धन र विकासका लागि संघ, प्रदेश र स्थानीय तहको अधिकारक्षेत्र निर्धारण समेत गरेको छ। सोही संवैधानिक अधिकार अन्तर्गत प्रदेश सरकारले जारी गरेको प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७९ ले निर्दिष्ट गरे अनुसार यस मन्त्रालयले आफ्नो जिम्मेवारी पूरा गर्दै आएको छ ।

बजेट उपशिर्षक

कार्यक्रमको नाम

विनियोजित बजेट

पुष सम्मको खर्च

वित्तीय प्रगति प्रतिशत

३२९०००११

पर्यटन, वन तथा वातावरण मन्त्रालय

१०७८६२

२००१९

१८.५६

३२९००१०१

वातावरण संरक्षण कार्यक्रम

१४७००

२२५३

१५.३३

३२९००१०२

वन्यजन्तु तथा वासस्थान संरक्षण कार्यक्रम

४६६००

१७७५

३.८१

३२९०१०११

प्रदेश वन निर्देशनालय

५२२७५

२१५६९

४१.२६

३२९०१०१२

डिभिजन वन कार्यालयहरु

६६२२४२

२२२५९६

३३.६१

३२९०११०१

प्रदेश वन विकास तथा व्यवस्थापन कार्यक्रम

२२५०१२

३६०८७

१६.०४

३२९०११०२

प्रदेश हरित अभियान कार्यक्रम

८३९२४

१८५७६

२२.१३

३२९०११०३

जडिबुटी विकास कार्यक्रम

३९५००

६६

०.१७

३२९०२०११

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र

२९४२५

३६२९

१२.३३

३२९०३०११

भू तथा जलाधार व्यवस्थापन कार्यालयहरु

३४०५७

९६१९

२८.२४

३२९०३१०१

भू तथा जलाधार व्यवस्थापन कार्यक्रम

१०७०००

२१८४५

२०.४२

३२९०४०११

पर्यटन प्रबर्द्धन तथा पूर्वाधार विकास आयोजना

८३३५००

३०४२५

३.६५

३२९०४०१२

पर्यटन कार्यालयहरु

२४०१०

६६६७

२७.७७

जम्मा

,२६,०१,०७

३९,५१,२६


नेपाल सरकारले पर्यटन प्रवर्द्धन र विकासका लागि पहिचान गरेका प्रमुख १०० वटा गन्तव्यहरु मध्ये १६ वटा नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यहरु यसै प्रदेशमा रहेका छन । यस प्रदेशमा जम्मा १२,७५,५७८ हेक्टर वन क्षेत्र रहेको छ जुन प्रदेशको कूल क्षेत्रफलको ४८.९६ प्रतिशत हो, जसमध्ये ३६९९ वटा सामुदायिक वन (५८०२०६ हेक्टर), ९८२ कबुलियती वन (४१९२ हेक्टर), ४४ वटा धार्मिक वन (४८२ हेक्टर), ५ वटा साझेदारी वन (१०८३८ हेक्टर) छन् । यसैगरी संरक्षित क्षेत्रको रुपमा सगरमाथा राष्ट्रिय निकुञ्ज र मकालु–बरुण राष्ट्रिय निकुञ्ज, कोशीटप्पु वन्यजन्तु आरक्ष र कन्चनजङ्घा संरक्षण क्षेत्र छन् । संरक्षित क्षेत्र ४,८५८ वर्ग कि.मि. र ३ वटा मध्यवर्ती क्षेत्र १२७८ वर्ग कि.मि.मा फैलिएको छ । यस प्रदेशमा रोजगारीको सृजना, आय आर्जनमा वृद्धि, स्थानीय समुदायको आधारभूत आवश्यकता जस्तैः काठ, दाउरा, घाँसपातका साथै कृषि, पशुपालन, पर्यटन र सिँचाइमा समेत वन तथा जैविक विविधताको उल्लेखनीय भूमिका रहेको छ । नेपालको सबैभन्दा होचो भाग झापा जिल्लाको केचनाकवल (७० मी.) देखि विश्वको सर्वोच्च शिखर सगरमाथा (8848 मी.) सम्मका पर्यटन क्षेत्र÷सम्पदा, वन जंगल, वन्यजन्तु, वनस्पति, जडीबुटी, भू–संरक्षण, प्राकृतिक पारिस्थितिक प्रणाली र जैविक विविधताको संरक्षण गर्दै सोबाट प्राप्त हुने लाभको समुचित र समन्यायिक वितरण गर्नु र प्राप्त स्रोतहरुको समुचित उपयोग मार्फत प्रदेश र राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउनु यस मन्त्रालयको मुख्य जिम्मेवारी हो। प्रदेशको वातावरणीय सन्तुलन कायम राख्न तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै अनुकूलन अभिवृद्धि गर्न हरित विकासको अवधारणालाई अवलम्बन गर्ने नीति लिएको छ । उल्लेखित सवालहरुको सम्बोधन गर्न मन्त्रालयले वन, वातावरण, जैविक विविधता, पर्यावरण र पर्यटन प्रवर्द्धन र विकाससँग सम्वन्धित विषयवस्तुको योजना वनाउने, लागू गर्ने र अनुगमन तथा मूल्याङ्कन गर्ने कार्य गर्छ । यसका साथै वातावरणीय सरसफाईका लागि जनचेतना अभिवृद्धी गर्ने विविध कार्यक्रमहरु संचालन गर्दै आएको छ । त्यसैगरी वृक्षारोपण, बाढी पहिरो नियन्त्रण, गल्छी कटान रोकथाम, पानी मुहान संरक्षण, सडक किनारा संरक्षण लगायत विभिन्न कृयाकलापहरु पनि आफ्नो मातहतका निकायहरुबाट सम्पादन गर्दै आएको छ । यस्तै प्रदेश अन्तर्गतका प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाहरुको संरक्षण, पुनः निर्माण र व्यवस्थापनका लागि भौतिक पूर्वाधार निर्माण एवम् प्रचार प्रसारका माध्यमबाट पर्यटनको प्रवर्द्धन समेत गर्दै आएको छ । 
हाल पर्यटन वन तथा वातावरण मन्त्रालयको विशेष सहयोगमा अधिक उपब्धििहरु भएको छ । पर्यटकीय सम्भावनाका क्षेत्रहरुमा लगानी गर्ने, पर्यटन प्रवर्द्धन र विकासका कार्य गर्ने, वातावरणको स्वच्छता कायम गर्न तथा पूर्वाधार निर्माणमा वातावरणीय सन्तुलन कायम गर्नका लागि प्रस्तावित विकास आयोजनाहरुको वातावरणीय अध्ययन प्रतिवेदनहरु पुनरावलोकन गरी स्वीकृति प्रदान गर्ने र सोको अनुगमन तथा मूल्याङ्कन गर्ने कार्य गर्दै आएको छ ।वन तथा वातावरण संरक्षणका लागी मन्त्रालयले गरेको विशष कार्यहरुमन्त्रालय मार्फत सामुदायिक वनको कार्ययोजनाका लागि आ.व. ०७९/०८० मा मात्र ३४४ नविकरण भएको छ । यस्तै कवुलियती वनको १२० वटा कार्ययोजना नविकरण भएको मन्त्रालयले जनाएको छ । यति मात्र होइन् , वन व्यवस्थापन सम्बन्धि बिभिन्न सामाग्री, उपकरण तथा सामान खरिद एवं वितरणसमेत गरिएको छ । मोरङ र सुनसरी जिल्लामा , साझेदारी र चक्ला वनमा दिगो वन व्यवस्थापनको कार्यान्वयन भएको पाइएको छ । यस्तै , डिभिजन वन कार्यालय झापा, मोरङ र सुनसरीको क्षेत्रमा वन्यजन्तुको लागि जैविक मार्ग विकास तथा व्यवस्थापन गरिएको छ । विशेष गरी जंगली हात्तीको लागि जैविक मार्गको व्यवस्थापन तथा नियमित गस्ती परिचालन भएको ।काष्ठजन्य तथा फलफुलको ९ वटा नर्सरी निर्माण , ४९ वटा नर्सरी मर्मतको कार्य सम्पन्न भएको छ । २४ लाख ८५ हजार एक वर्षे विरुवा, ७ लाख पचास हजार वहुवर्षीय विरुवा, १ लाख १२ हजार फलफुल तथा ५२ हजार जडिबुटीका विरूवाहरु उत्पाद भएको छ । १६० हेक्टर बृक्षारोपण । ३७ हजार वनजन्य फलफुलका विरुवा वन क्षेत्रमा रोपण कार्य सम्पनन भएको छ ।

ljif]z ul/ s[lifjg k|jb{\wgsf] tkm{ ;d]t dGqfnon] clwsfz+ sfo{ ;DkGg ePsf] kfOPsf] 5 .

^% hgf s[lifjg wgLnfO{ cg'bfg lbOPsf] 5 . eg] , & x]S6/ If]qkmndf s[ifssf] lghL hUufdf s[lifjg Joj:yfkg k|jwg sfo{qmd ;'rf/L ul/Psf] 5 . ( j6f l;d;f/ If]qsf] Joj:yfkg sfo{ ;DkGg ePsf] 5 .

 

प्रतिक्रिया

सामाजिक लिङ्कहरू
फोन:

९८१-०४२६५६२ , ९८२९३६९५९६, ९८६३७०४७००

इमेल:

jasuskhabar@gmail.com

जानकारी

संस्थापक / कार्यकारी सम्पादक      समवाददाता      
अजमल अन्सारी                          वसीम अन्सारी

अध्यक्ष                            सम्पादक

मोहशीम अन्सारी              आदर्श कुमार मण्डल

सम्पर्क कार्यालय : इनरूवा नगरपालिका वडा नं - १ सुनसरी
सुचना विभाग द
र्ता नन :
३९२८/०७९/०८०