सुनको मूल्य निरन्तर उकालो लागेको छ । बुधबारको तुलनामा सुनको मूल्य बिहीबार प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको छ ।>
चाँदीको मूल्यमा भने प्रतितोला १५ रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । >
चाँदी भने प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । गत मंगलबार तोला सुन प्रतितोला १ लाख ९० हजार रुपैयाँ र चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो । >
अन्तर्राष्ट्रिय बजारमा बिहीबार एक औँस सुन ३ हजार ३८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।>
>>